
प्रदेश १ मा अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची

विराटनगर । प्रदेश १ को प्रदेशसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाए पनि निर्धारित समयमा बस्न सकेन ।
सभामुख प्रदीपकुमार भण्डारीले बैठकको कार्यसूची सार्वजनिक गरेका छन्, तर दिउँसो २ बजेसम्म प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रमुख सचेतकहरु रहेको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन ।
आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ । तर मुख्यमन्त्री राईले बैठक रोक्न सभामुख भण्डारीलाई आग्रह गरेका छन् ।
यसअघि माघ २४ गते बसेको बैठकमा पनि मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्ने कार्यसूची थियो ।
सत्तारुढ नेकपाको ओली समूहले नै अवरुद्ध गरेपछि सभामुख भण्डारीले दुई हप्तालाई बैठक स्थगित गरिदिएका थिए ।
दुई हप्तापछि आइतबारका लागि तोकिएको बैठक पनि चल्ने वा स्थगित हुने टुंगो छैन । सत्तारुढ नेकपा ओली समूहका सांसदहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठकमा छन् ।
अनलाइनखबर
February 21, 2021 2:38 pm | प्रदेश तह,राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछाडि हटिन्न; देउवा

सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव

६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

NC should join govt: Shashanka Koirala

चैत २ मा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

अग्नीपिडितलाई भुकम्पपीडित सरह सहयोग उपलब्ध गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु
