
स्नातक तह अध्ययनका लागि गाउँपालिकाको ध्यानाकर्षण

विर्तामोड । स्नातक तह अध्ययनका लागि क्याम्पस स्थापना गर्न नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति झापा र बाह्रदशी गाउँ इकाई समितिले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।
नेबिसंंघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीको नेतृत्वमा गाउँपालिका पुगेको टोलीले गाउँपालिकाका योजना अधिकृत तेजप्रसाद रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
जिल्ला अध्यक्ष उप्रेती र गाउँपालिका कार्यबाहक अध्यक्ष सञ्जय साहद्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा स्नातक अध्ययनका लागि क्याम्पस स्थापना गर्न, क्याम्पस स्थापना नहुञ्जेल अन्यत्र अध्ययनका लागि जाने विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरी सहयोग उपलब्ध गराउन माग गरिएको छ ।
न्यून आर्थिक अवस्था समुदायको बाहुल्य रहेकोे बाह्रदशीका बिद्यार्थीहरु अन्यत्र अध्ययनका लागि जान बाध्य हुँदा बिद्यार्थी र अभिभावक दुबै मर्कामा परेको पनि गाउँपालिकालाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।
February 19, 2021 7:53 pm | समाज,स्थानीय तह
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरिबीको दर उच्च

ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै

वीरता लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मानको घोषणा

बालअधिकार सम्वन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न

दूधे माविमा आमाको स्मृतिमा छोरी ज्वाइँद्वारा अक्षयकोष स्थापना

चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा

शिवसताक्षी मेयर कपः ट्राइवेकरमा वडा नं. १ विजयी
