
लुईटेलद्वारा लिखित कृति ‘फल एक स्वाद अनेक’ विमोचन

मेचीनगर । कवि टिकाराम लुईंटेलको दोस्रो कृति ‘फल एक स्वाद अनेक’ कविता सङ्ग्रहको बिहीबार विमोचन गरिएको छ ।
मेचीनगर ८ इट्टाभट्टास्थित श्री विष्णु लक्ष्मी मन्दिरमा एक कार्यक्रमबीच कार्यक्रमका प्रमुख अतिथि साहित्यकार पुन्यप्रसाद खरेल,साहित्यकार भगवती ढुङ्गेल, पं शंकर अधिकारी, पं मेघराज भट्टराई लगायतले पुस्तकको विमोचन गरेका हुन् ।
गंगाप्रसाद लुईंटेलको सभापतित्वमा भएको कार्यक्रममा पुस्तकको समिक्षा समालोचक पर्शुराम तिम्सीनाले गरेका थिए । कवि लुईंटेलले जन्मोत्सवको अवसर पारेर पुस्तक लोर्कापण गरेका हुन् ।
उक्त अवसरमा साहित्यकार भगवती ढुङ्गेल, पं शंकर अधिकारी, कृष्ण द्वैपायन वेद विद्याश्रमका प्राचार्य महेन्द्र भट्टराईलगायतले मन्तव्य साथै कवि तथा कलाकार मातृकाप्रसाद संग्रौलाले कविता र नाकले वासुरी बजाएर मनोरञ्जन गराएका थिए ।
उक्त पुस्तक विमोचन कार्यक्रमको सञ्चालन मेचीनगर लेडी जेसिजका महासचिव सिता पुरीले गरेकी थिइन् ।
February 19, 2021 2:49 pm | शिक्षा,साहित्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता

६७ जनामा कोरोना संक्रमण

ताप्लेजुङका आगलागी पीडितहरुलाई सांसद भट्टराईको ५ लाख, सरकारले पनि ५-५ लाख दिने

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछाडि हटिन्न; देउवा

सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव

६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

NC should join govt: Shashanka Koirala
