
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पादक काफ्लेसहित तीनजना सम्मानित

बिर्तामोड । निजीस्तरको सफल जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बिर्तामोड शाखाले आज साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेसहित तीन जनालाई कदरपत्र प्रदान गरी सम्मान गरेको छ ।
कम्पनी स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसर पारेर बिर्तामोडस्थित शाखा कार्यालयमै आज वार्षिकोत्सव कार्यक्रम आयोजना गरी पत्रकार काफ्ले, सहकारीकर्मी तथा व्यवसायी दिपेन्द्र राउत र अर्का व्यवसायी तथा गीतकार चूडामणि पौडेललाई सम्मान गरिएको हो ।
विगत २५ वर्षदेखि पत्रकारिता गरिरहेका साझामञ्च डटकमका सम्पादक काफ्लेले पत्रकारितासँगै तथा आमसञ्चार प्राध्यापनको क्षेत्रमा १५ वर्षदेखि सेवारत रहेर यो समाजलाई योगदान गरेको ठहरसहित बीमा कम्पनीले सम्मान गरेको कदर पत्रमा उल्लेख छ ।
यसैगरी ब्यापार व्यावसायसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील युवा उद्योगी–व्यवसायी दीपेन्द्र राउत र चूडामणि पौडेललाई आ–आफ्नो क्षेत्रमा पुर्याएको योगदानस्वरुप कदर पत्र प्रदान गरिएको हो । सम्मानित राउन बिर्तामोडस्थित शिखर साकोसका सञ्चालक समिति अध्यक्षलगायत विभिन्न व्यवसायमा संलग्न छन् । अर्जुनधारा निवासी पौडेल अटोमोवाइल्स व्यवसायमा आबद्ध छन् । उनी गीत लेखन, गायन तथा सामाजिक क्षेत्रमा अग्रणी योगदान गर्ने व्यक्ति हुन् ।
कम्पनीका एरिया ब्रान्च म्यानेजर उत्तम कोइराला, एजेन्सी म्यानेजर ईश्वरीप्रसाद बराल, एजेन्सी म्यानेजर तोयानाथ दाहाललगायतले उनीहरुलाई दोसल्ला र ढाका टोपी पहिर्याई कदरपत्र प्रदान गरेका थिए ।
सो अवसरमा सम्मानित व्यक्तित्वहरुले सर्वसाधारणको जीवन निर्वाह र विपदमा जीवन बीमाले उल्लेख्य सहयोग पुर्याइरहेको बताउँदै सिटिजनले छोटो समयमै विमितहरुको विश्वास जितेको आभाष दिलाए । कम्पनीका व्यवसाय विकास संयोजक जमुना कटुवालले सञ्चालन गरेको कार्यक्रमका बीच सहभागीहरुलाई केक काटेर खुवाई वार्षिकोत्सव मनाइएको हो ।
साविक मेची अञ्चलका पाँचथर, इलाम, झापा कार्यक्षेत्र रहेको बिर्तामोड शाखाले तीन वर्षको छोटो अवधिमै २१ सयभन्दा बढी ग्राहक (विमित) बनाइसकेको एरिया म्यानेजर कोइरालाले जानकारी दिएका छन् । वार्षिकोत्सव कार्यक्रममा बीमा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुले बीमा कम्पनीमा रहेर काम गर्दा संगालेका अनुभवहरु आदान प्रदान गरेका थिए ।
February 18, 2021 9:32 pm | मुख्य समाचार,राष्ट्रिय समाचार,लोकप्रिय,समाज

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

६७ जनामा कोरोना संक्रमण

ताप्लेजुङका आगलागी पीडितहरुलाई सांसद भट्टराईको ५ लाख, सरकारले पनि ५-५ लाख दिने

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछाडि हटिन्न; देउवा

सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव

६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

NC should join govt: Shashanka Koirala

चैत २ मा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने
