
किसानले दूध बेच्नका लागि हेलिकप्टर खरिद गरे
February 15, 2021 8:15 pm

काठमाडौं । भारतीय राज्य महाराष्ट्रस्थित भिवन्डीका किसान जनार्दन भोइर आजभोलि निकै चर्चामा आएका छन् । जिन्युज इण्डियाका अनुसार दूध बेच्नकै लागि हेलिकप्टर खरिद गरेपछि उनको चर्चा चुलिएको हो ।
मानिसहरुले एउटा किसानले कसरी हेलिकप्टर किन्न सक्यो भनेर प्रश्न पनि गरिरहेका छन् । समाचारमा उल्लेख भएअनुसार उनी आफ्नो दूध व्यवसायको सिलसिलामा कयौंपटक राज्यभन्दा बाहिर जानुपर्छ । धेरै स्थानमा सहज रुपमा पुग्नका लागि उनले हेलिकप्टर खरिद गरेको बताइएको छ ।
डेरी व्यापार तथा रियल स्टेटको व्यापारी भएकाले उनले हेलिकप्टर खरिद गरेको बताएका छन् । उनले डेरी व्यापारको सिलसिलामा प्राय पन्जाब, जुरात, हरियाणा, राजस्थान जस्तो ठाउँमा गइरहनु पर्छ । हेलिकप्टरले उनको भ्रमणलाई निकै सहज बनाउने बताएका छन् । उनले आफ्नो घर छेउमै हेलिप्याड पनि निर्माण गरेका छन् । जिन्युज इण्डिया
February 15, 2021 8:15 pm | मिडियाबाट साभार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

६७ जनामा कोरोना संक्रमण

ताप्लेजुङका आगलागी पीडितहरुलाई सांसद भट्टराईको ५ लाख, सरकारले पनि ५-५ लाख दिने

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछाडि हटिन्न; देउवा

सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव

६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

NC should join govt: Shashanka Koirala

चैत २ मा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने
