
विवाहेत्तर सम्बन्धको पाँच रुप

जब प्रेमको कुरा आउँछ तब हाम्रो तीन मस्तिष्क प्रणाली सक्रिय हुन्छ ।
१. यौनको इच्छा
२. रोमान्टिक प्रेम
३. साथीप्रति लगाव
मस्तिष्क संरचना यस किसिमले काम गर्छ कि एक साथीका साथ जोडिएपछि, हामी गहन प्रेम र यौनको चाहाना महसुष गर्न सक्छौं । अलग–अलग व्यक्तिले विवाहेत्तर सम्बन्धकाको भिन्न भिन्नै व्यवहार गर्छन् ।
बिवाह गरेर पार्टनर बनाइसकेपछि पनि किन अरुसँग सम्बन्ध राख्न चाहन्छन् ? यसका अनेक कारण हुन्छन् । कोहि केवल यौन सम्बन्धाका लागि दोस्रोसँग नजिकिन्छन् भने कोहि भावनात्मक हिसाबले मात्र ।
वासना
यो सबै प्रकारको मामलामा सबैभन्दा आम हो । यस्तोमा दुबै केवल यौन चाहाना पुरा गर्नका लागि एक अर्कालाई चाहन्छन् । यसले उनीहरु यौन सन्तुष्टि लिन सक्छन् । हुन त उसले आफ्नो पार्टनरलाई छाड्न चाहँदैनन् । तर, अर्कासँग मस्ती गर्न पनि छाड्दैनन् । यस्तो सम्बन्ध अक्सर उत्तेजना भएसँगै समाप्त हुन्छ । लामो समयसम्म टिक्दैन ।
भावनात्मक
उनीहरुबीच शारीरिक सम्बन्ध नहुन सक्छ । तर, भावनात्मक रुपमा एकअर्कालाई रुचाउन सक्छन् । उनीहरु एकअर्काको बारेमा बढी सोच्छन् । यस्तो कुरा बाहिरी रुपमा प्रकट नहुन पनि सक्छ । तर, भित्रभित्रै उनीहरु नजिकिन्छन् । आफ्ना सबै कुरा खुलेर भन्छन् । मनको वह पोख्छन् । उनीहरु निरन्तर एकअर्कामाथि पहुँच बनाइराख्छन् । किनभने उनीहरु एकअर्कासँग जोडिइरने आवश्यक्ता महसुष गर्छन् ।
असन्तोष एवं बदलाको भाव
आफ्ना पार्टनरसँग जब असन्तोष बढ्छ, बदलाको भाव पैदा हुन्छ, उसले अर्कोसँग सम्बन्ध स्थापित गर्छ । आफ्नो सम्बन्ध उदासिन भएपछि स्वतः उनीहरुले अर्को पार्टनरको आवश्यक्ता महसुष गर्छन् । पार्टनर चित्त नबुझ्दा, पार्टनरको व्यवहार मन नपर्दा, पार्टनरप्रति घृणा पैदा हुँदा उसले अर्कोलाई आफ्नो साथी बनाउन सक्छन् । आफ्नो सम्बन्धमा जब कुनै न कुनै समस्या हुन्छ, उसले अर्को सम्बन्ध बनाउन खोज्छ ।
काल्पनिक
कतिपय कुरा खुलेर भन्न सकिदैन । खुलेर गर्न सकिदैन । मनमनै कसैलाई मन पराइन्छ र उसैसँग रमाइला पलहरु विताएको कल्पनामा रमाइन्छ । जबकी घरमा आफ्नो पार्टनर छँदैछ । तर, पार्टनर भन्दा पनि अर्को व्यक्तिको कल्पनामा डुबिन्छ । यस्तो कुरा बाहिर त आउँदैन । यद्यपी त्यसले सम्बन्धमा केहि तीतोपन भने ल्याउँछ ।
शरीर र आत्मा
जब बिवाहित व्यक्ति अर्कोसँग शारीरिक र मानसिक रुपले जोडिन्छ भने त्यो निकै घातक हुन्छ । दुबै यौन सम्बन्ध राख्छन् । साथै भावनात्मक रुपले पनि एकाकार हुन्छन् । यस्तो सम्बन्ध विस्तारै सतहमा देखिन थाल्छ । त्यसले दाम्पत्य सम्बन्धलाई विगार्न सक्छ । किनभने उनीहरु एकअर्का बिना बाँच्नै नसक्ने अवस्थामा पनि पुग्छन् ।
February 14, 2021 7:04 pm | रोचक कुरा / टिप्स
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछाडि हटिन्न; देउवा

सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव

६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

NC should join govt: Shashanka Koirala

चैत २ मा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

अग्नीपिडितलाई भुकम्पपीडित सरह सहयोग उपलब्ध गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु
