
दमक उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न

कमल । नेपाल उद्योग वाणिज्य महासंघका वाणिज्य उपाध्यक्ष दिनेश श्रेष्ठले विभिन्न समूहले गर्ने बन्दप्रति नीजि क्षेत्र चिन्तित भएको जनाएका छन् ।
दमक उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका श्रेष्ठले साधारणसभा उद्घाटनका क्रममा बोल्दै बन्दले नीजि क्षेत्रलाई प्रभावित बनाउँदा आर्थिक हिसाबले कमजोर भएकोले त्यस्ता कार्यक्रम नगरिदिन आग्रह गरे ।
उद्योग वाणिज्य महासंघ लगायत विभिन्न संस्थाले बन्द भएमा देशको आर्थिक अवस्था अझ बढी प्रभावित पर्ने भएकोले बन्द नगर्न विज्ञप्ति मार्फत जानकारी गराएको समेत उपाध्यक्ष श्रेष्ठले अवगत गराए ।
‘९ महिनासम्म कोभिडले थलापारेको नीजि क्षेत्र बल्ल अलिअलि तङ्ग्रिन थालेको थियो’ श्रेष्ठले भने, ‘विभिन्न दलको बन्दले निजी क्षेत्र तहसनहस हुनसक्छ, त्यसैले दलहरुका आफ्ना मुद्धा कोठाभित्र बसेर आफैं मिलाउन आग्रह गरे ।
कार्यक्रममा पूर्व अध्यक्ष प्रकाश प्रसाई, आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख डम्वरु पराजुली, उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, केन्द्रीय सदस्य तथा ताम्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष ताराप्रसाद घिमिरे दमक नगरपालिका वडा नम्वर ७ का अध्यक्ष भिमप्रसाद पौडेल लगायतले साधारणसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामा उद्योग वाणिज्य संघबाट प्रदेश केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने व्यवसायी टिकाराज ढकाल, पशुपति बराल, सुभाष आचार्य, भेषराज धमलालगायत आधा दर्जन व्यवसायीलाई सम्मान समेत गरिएको छ ।
February 5, 2021 4:42 pm | अर्थतन्त्र,लोकप्रिय,समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरिबीको दर उच्च

ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै

वीरता लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मानको घोषणा

बालअधिकार सम्वन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न

दूधे माविमा आमाको स्मृतिमा छोरी ज्वाइँद्वारा अक्षयकोष स्थापना

चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा

शिवसताक्षी मेयर कपः ट्राइवेकरमा वडा नं. १ विजयी
