
बार्सिलोनालाई हराउदै बिल्वाओ च्याम्पियन

एजेन्सी । बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले स्पानिस सुपर कप फुटबलको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा दश खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो ।
बिल्बाओका लागस ओस्कार डे मार्कोस, असियर भिलालिब्रे र एनाकी विलियम्सले गोल गरे । बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रिजमनले गरे । बिल्बाओले दुई पटक पछि परेर पनि उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो ।
निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए ।
कप्तान लिओनल मेसीले अतिरिक्त समयको अन्तिम मिनेटमा रातो कार्ड पाएका थिए । भिलालिब्रालाई फाउल गरेपछि मेसीले रातो कार्ड पाएका थिए । खेलमा अग्रता भने ग्रिजमनको गोलबाट बार्सिलोनाले ४० औं मिनेटमा लिएको थियो । तर ४२ औं मिनेटमा बिल्बाओका ओस्कार डमार्कोसले बराबरी गोल फर्काए ।
७७औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर ९० औं मिनेटमा बिल्बाओका लागि भिलालिब्राले बराबरी गोल फर्काए । अतिरिक्त समयको चौथो मिनेटमै इनाकीले गरेको गोल बिल्बाओको जितमा निर्णायक बनेको हो ।
January 18, 2021 11:25 am | खेलकुद

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रचण्ड – माधव पक्षले बोलायो स्थायी कमिटी बैठक

अफगानिस्तान भिडन्त : ८ प्रहरीसहित ५ तालिवानी लडाकुको मृत्यु

सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रधानमन्त्री ओली

कांग्रेस नेतृ प्रसाईलाई लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मान

भारत छिरेका प्रहरीलाई फिर्ता गर्न म्यानमारको अनुरोध

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
