
मधेश आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा आज प्रदेश २ मा सार्वजनिक बिदा
January 18, 2021 11:09 am

सिरहा । मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा आज प्रदेश २ मा बलिदानी दिवस मनाइँदैछ ।
दिवसका अवसरमा आज प्रदेश २ सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको छ । २०६३ साल माघ ५ मा सिरहाको लहानमा भएको आन्दोलनमा रमेश महतोको ज्यान गएको दिनको सम्झनामा मधेश केन्द्रीत दलले आजको दिनलाई बलिदानी दिवसका रुपमा मनाउने गरेका छन् ।
दिवसको अवसरमा शहीदको सम्झनामा विभिन्न कार्यक्रम हुने गरेका छन् । शहीदको भावनाको कदर हुन नसकेको शहीदका परिवारले बताउदै आएका पनि छन् ।
तीन चरणमा भएको मधेश आन्दोलनको क्रममा १ सय ३ जनाले ज्यान गुमाएका थिए ।
उज्यालो
January 18, 2021 11:09 am | प्रदेश तह,समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रचण्ड – माधव पक्षले बोलायो स्थायी कमिटी बैठक

अफगानिस्तान भिडन्त : ८ प्रहरीसहित ५ तालिवानी लडाकुको मृत्यु

सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रधानमन्त्री ओली

कांग्रेस नेतृ प्रसाईलाई लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मान

भारत छिरेका प्रहरीलाई फिर्ता गर्न म्यानमारको अनुरोध

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
