
टिपर दुर्घटना हुँदा सोलुखुम्बुमा तीन जनाको मृत्यु

सोलुखुम्बु । टिपर दुर्घटना हुँदा सोलुखुम्बुमा तीन जनाको मृत्यु भएको छ । सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भिर घाइते छन् ।
८६ मेगावाटको सोलुखोला दूधकोसी हाइड्रोपावरका लागि ग्याविन जाली र रड लिएर गएको टिपर दुर्घटनामा परेको हो ।
आइतबार राति ११ बजेतिर भएको दुर्घटनामा टिपर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका–४ का राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई सडकबाट लगभग एक सय मिटर तल टिपरको अगाडिको भागमा अड्किरहेको अवस्थामा भेटि उद्धार गरिएको थियो । चालकबाहेक मृत्यु भएका दुई र घाइते भएका एक जना हाइड्रोपारका कामदार रहेको प्रहरीले बताएको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रचण्ड – माधव पक्षले बोलायो स्थायी कमिटी बैठक

अफगानिस्तान भिडन्त : ८ प्रहरीसहित ५ तालिवानी लडाकुको मृत्यु

सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रधानमन्त्री ओली

कांग्रेस नेतृ प्रसाईलाई लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मान

भारत छिरेका प्रहरीलाई फिर्ता गर्न म्यानमारको अनुरोध

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
