
प्रधानमन्त्री कपमा आज वाग्मती र सुदूरपश्चिम तथा गण्डकी र प्रदेश १ खेल्दै
January 18, 2021 6:51 am

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुने भएका छन् ।समूह ‘बी’ को खेलमा वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘ए’को खेलमा गण्डकी र प्रदेश नम्बर एक खेल्ने छन् ।
वाग्मती र सुदूरपश्चिमको खेल बिहान नौ बजे कीर्तिपुर मैदानमा तथा गण्डकी र प्रदेश एकको खेल बिहान नौ बजे नै मूलपानी क्रिकेट मैदानमा सुरु हुने भएको छ । वाग्मतीले हिजो भएको खेलमा साविक विजेता पुलिसलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।
गण्डकी र प्रदेश एक यसअघिका खेलमा पराजित भएका थिए। गण्डकीलाई आर्मीले ९८ रनले हराएको थियो भने प्रदेश एक एपीएफसँग १ सय ३५ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
January 18, 2021 6:51 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रचण्ड – माधव पक्षले बोलायो स्थायी कमिटी बैठक

अफगानिस्तान भिडन्त : ८ प्रहरीसहित ५ तालिवानी लडाकुको मृत्यु

सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रधानमन्त्री ओली

कांग्रेस नेतृ प्रसाईलाई लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मान

भारत छिरेका प्रहरीलाई फिर्ता गर्न म्यानमारको अनुरोध

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
