
भद्रपुरमा नेकपाको संघर्ष समिति

भद्रपुर । नेकपा माधव—प्रचण्ड समूहको भद्रपुर भेलाले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन संवैधानिक कु भएको ठहर गर्दै प्रतिवाद गर्न ५०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।
नेकपा भद्रपुर नगर सहइन्चार्ज नरेश सञ्जेलको अध्यक्षता तथा केन्द्रीय सदस्य धर्मशीला चापागाईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी कदमको सशक्त प्रतिवाद गर्न संघर्ष समिति गठन गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै चापागाईले प्रधानमन्त्री ओलीको कदम गणतन्त्र , सङ्घियता , धर्म निरपेक्षता र समावेशी सिद्धान्त विपरित रहेको भन्दै संघर्ष नै एक मात्र विकल्प रहेको दाबी गरिन् ।
सो बिस्तारित बैठकले प्रधानमन्त्री ओलीको कदमको सशक्त प्रतिकार गर्न भद्रपुर नगर स्तरमा श्रीमन नारायण पौडेल सम्योजक तथा मेदनी शिवाकोटी सहसम्योजक र शिव कुमार राजभण्डारी सचिव , मुना खवास सह सचिव रहने गरी ५०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।
नगर अध्यक्ष शिवकुमार राजभण्डारीको सञ्चालन गरेको कार्यक्रममा स्वागत श्रीमन नारायण पौडेलले स्वागत मन्तब्य राखेको सो बैठकमा पार्टीका प्रदेस कमिटी सदस्य तथा पूर्व सांसद पुष्पराज पोखरेल र पार्टीका झापा जिल्ला संघर्ष समितिका सचिव मणिकुमार साङ्पाङ ( बिजय) समेतले मन्तव्य राखेका थिए ।
January 13, 2021 8:16 pm | राजनीति

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा.राजभण्डारीले लगाउने

गायक हेमन नेपालीको पहिलो कभर गीत सार्वजनिक

‘माउण्ट केटू म पनि जान पाएको भए…’

बुधबारे जेसीजद्वारा रक्तदान, ४२ प्रिन्ट रगत संकलन

जब बालबच्चाले घरको खानेकुरा खाँदैनन्

कांग्रेसले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम

‘नभनेको कुरा लेखेर अपमान गरियो’ : वामदेवको सचिवालय
