
झापा जिल्ला सहकारी संघको वार्षिक साधारणसभा सम्पन्न

बिर्तामोड । झापा जिल्ला सहकारी संघको २४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवि मल्ल रहेकी थिइन् ।
साधारणसभामा संघका अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संघमा २०७७ असार मसान्तसम्ममा ५०७ संघसंस्था आवद्ध रहेको र शेयर पूँजी २ करोड ६८ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको उल्लेख गरे ।
संघमा हाल १९ करोड ६२ लाख ९ हजार २७ रुपैयाँ निक्षेप रहेको र कोष हिसाब ७ करोड ९५ लाख ९२ हजार ४५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
उक्त अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि मल्लले नेपालको सहकारीमा ५६% महिलाको सहभागिता रहेकोले सहकारीमा आवद्ध भएर नेपाली महिलाहरुले व्यवसायिक क्षेत्रमा पनि आफूहरुलाई अबल सावित गर्न सफल भएको उल्लेख गरिन् ।
मल्लले नयाँ प्रविधिहरु सहकारीमा ल्याउन सके नेपालको अर्थतन्त्र मजबुत हुनुका साथै देश सम्वृद्धिको बाटो तर्फ लम्कने जिकिर गरिन् ।
सो अवसरमा राष्ट्रिय सहकारी बैंकका लेखा संयोजक लक्ष्मी उप्रेती, नेफ्स्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी लगायतले आ-आफना धारणा राखेका थिए ।
संघका उपाध्यक्ष गीता कुंवरले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले गरेका थिए ।
January 13, 2021 4:31 pm | अर्थतन्त्र,मुख्य समाचार,सहकारी

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा.राजभण्डारीले लगाउने

गायक हेमन नेपालीको पहिलो कभर गीत सार्वजनिक

‘माउण्ट केटू म पनि जान पाएको भए…’

बुधबारे जेसीजद्वारा रक्तदान, ४२ प्रिन्ट रगत संकलन

जब बालबच्चाले घरको खानेकुरा खाँदैनन्

कांग्रेसले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम

‘नभनेको कुरा लेखेर अपमान गरियो’ : वामदेवको सचिवालय
