
जुडोका खेलाडीलाई खेल पोशाकसहित न्यानो कपडा

भद्रपुर । झापा जुडो विद्यालयमा अध्ययनरत झापाका ५ जना जुडो खेलाडीलाई न्यानो कपडा तथा खेल पोशाक प्रदान गरिएको छ ।
नेपाल जुडो संघका पूर्व महासचिव रामकुमार अधिकारीले आफ्नी आमाको स्मृति दिवसको अवसर पारेर दिइएको न्यानो कपडा र खेल पोशाक झापा जुडो संघ मातहतको विद्यालयमा आबद्ध खेलाडीलाई हस्तान्तरण गरिएको हो ।
हाल जापानमा रहेका अधिकारी म्यारोन ट्रेडिङ कम्पनीका म्यानेजिङ डाइरेक्टर पनि हुन् । सोही कम्पनी मार्फत जुडो खेलाडीलाई सहयोग गरिएको प्रशिक्षक गंगा खड्काले जानकारी दिए ।
जुडो संघ झापाका अध्यक्ष प्राध्यापक डाक्टर पृथ्वीविक्रम राईको अध्यक्षता तथा समाजसेवी गंगाप्रसाद ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगर शिक्षाका पूर्व शिक्षा अधिकारी उद्धव विष्ट, जुडो खेलाडी किरण काफ्ले लगायतले शुभकामना मन्तव्य राख्दै नेपाली खेल जगतमा जुडो खेलले इतिहास रच्दै गएको धारणा राखेका थिए ।
January 12, 2021 8:32 pm | खेलकुद,समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

मित्रता : जीवनमा सफलता र खुसीका लागि

नेकपा स्थायी कमिटी बैठक बस्दै

विश्वमा कोरोनाका कारण २१ लाख २७ हजार बढीको मृत्यु, थप ०।४ प्रतिशतको अवस्था चिन्ताजनक

झापामा आज तीन कृतिको एकसाथ विमोचन

एक सातामा ४९ संक्रमित थपिए

स्काउट क्रयू स्थापना दिवसमा शैक्षिक सामाग्री वितरण

वीरता जेसीजको ४० औं पद हस्तान्तरणमा सञ्चारकर्मीसहित ६ जना सम्मानित
