
राष्ट्रियस्तरका विकास बैंक आरटीजीएसमा प्रत्यक्ष आबद्ध
January 8, 2021 1:15 pm

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरु पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस मा प्रत्याक्ष रुपमा जोडिएका छन् ।
यसअघि, आरटीजीएसमा २७ वटा वाणिज्य बैंकहरु आबद्ध रहँदै आएकोमा आजदेखि थप आठवटा राष्ट्रियस्तरका विकास बैंक र दुईवटा वित्त कम्पनीसमेत प्रत्यक्षरुपमा आबद्ध भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
आरटीजीएसमा प्रत्यक्षरुपमा जोडिएका विकास बैंकहरुमा ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक र गरिमा विकास बैंक रहेका छन् ।
यस्तै, वित्त कम्पनी आइसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स पनि आरटीजीएस सिस्टममा आबद्ध भएको राष्ट्र बैंकले बताएको छ ।
बाह्रखरी
January 8, 2021 1:15 pm | अर्थतन्त्र
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा.राजभण्डारीले लगाउने

गायक हेमन नेपालीको पहिलो कभर गीत सार्वजनिक

‘माउण्ट केटू म पनि जान पाएको भए…’

बुधबारे जेसीजद्वारा रक्तदान, ४२ प्रिन्ट रगत संकलन

जब बालबच्चाले घरको खानेकुरा खाँदैनन्

कांग्रेसले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम

‘नभनेको कुरा लेखेर अपमान गरियो’ : वामदेवको सचिवालय
