
महाकाली नदी पारीको नेपाल दोधारा–चाँदनी

दोधार–चाँदनी झोलुङ्गे पूल नेपालको सबैभन्दा लामो झोलुङ्गे पूल हो । जुन कञ्चनपुर जिल्लास्थित महाकाली नदीमा रहेको छ । सो पूलले कञ्चनपुरको दोधारा र चॉदनीलाई जोडेको छ ।
दोधारा–चाँदनी झोलुङ्गे पूल दक्षिण एशियाको समेत दोस्रो लामो झोलुङ्गे पूल भएको बताइन्छ । जसको लम्बाई १ हजार ४५३ मिटर रहेको छ । उक्त पूलले महाकाली नदी पारी रहेको नेपाली भूमि दोधारा–चाँदनी अर्थात हालको महाकाली नगरपालिकालाई जोड्छ । महेन्द्रनगर बजारबाट नौ किलोमिटरको दूरीमा उक्त झोलुङ्गे पूल अवस्थित छ ।
हामी नेपालीहरु धेरैले अझै पनि पश्चिममा नेपाल–भारतको सीमा महाकाली नदीलाई मान्छौ । तर कञ्चनपुरसित सीमा जोडिएको क्षेत्रमा महाकाली नदीलाई पश्चिमतर्फको सीमाना भन्नुभयो भने त्यो अन्यथा हुन्छ । कारण कञ्चनपुरसित सीमा जोडिएको क्षेत्रमा महाकाली नदी पारी पनि नेपाली भूमि र नेपाली बस्तीहरु छन् ।
कञ्चनपुर जिल्लाकै प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको झोलुङ्गे पूलमा वर्षेनी हजारौ स्थानीय र बाह्य पर्यटकहरु अवलोकन गर्न आउने गरेको स्थानीयको भनाई छ । जिल्लाभरिकै आकर्षणको केन्द्रका रुपमा झोलुङ्गे पूल चिनिँदै आएको छ । पर्यटकको आगमन दिन प्रतिदिन बढ्दो छ । यसले कञ्चनपुर जिल्लाकै महिमा बढाएको छ ।
कोही पर्यटकहरु पूलको अवलोकन गर्दै फोटोहरू लिँदै रमाइरहेको देख्न सकिन्छ भने कोही पर्यटकहरु नदी किनारामा पौडी खेल्दै आनन्द लिइरहेका भेटिन्छन् । तर अहिले पूलको दिगो संरक्षण तथा पुनर्निर्माण समयमा हुन नसक्दा र पूलमा पैदल, मोटरसाइकल तथा साइकल यात्रीहरुको क्षमताभन्दा बढीभार बढ्दै गएकाले पूल कमजोर बन्दै गएको छ ।
पूलमा कसिएका नटबल्टु र रडहरु खसेका देखिन्छन्, जालीहरु च्यातिएका छन्, पूलको धेरैजसो भागमा बिछ्याइएका पाताहरु टुटेका र चारैतिरका फलामे डोरी चुँडिन थालेका छन् । पूल मर्मतका लागि करोडौंको बजेट खर्च गर्दासमेत अवस्था परिवर्तन हुन नसक्नुले आन्तरिक तथा बाह्य पर्यटकमा नकारात्कम प्रभाव परेको देखिन्छ ।
स्थानीयहरु भन्छन्– झोलुङ्गे पूललाई आकर्षक र रमणीयस्थल बनाउन स्थानीय तहहरुले विभिन्न कदम चाल्ने आश्वासन देखाए पनि त्यसमा सार्थकता दिन सकेको पाइएको छैन ।
(पश्चिम नेपालको भ्रमण पछि प्रशिक्षार्थी पत्रकार अभिजित दवाडीको अनुभव)
January 6, 2021 1:31 pm | अर्थतन्त्र,मुख्य समाचार,विचार/ब्लग
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

मित्रता : जीवनमा सफलता र खुसीका लागि

नेकपा स्थायी कमिटी बैठक बस्दै

विश्वमा कोरोनाका कारण २१ लाख २७ हजार बढीको मृत्यु, थप ०।४ प्रतिशतको अवस्था चिन्ताजनक

झापामा आज तीन कृतिको एकसाथ विमोचन

एक सातामा ४९ संक्रमित थपिए

स्काउट क्रयू स्थापना दिवसमा शैक्षिक सामाग्री वितरण

वीरता जेसीजको ४० औं पद हस्तान्तरणमा सञ्चारकर्मीसहित ६ जना सम्मानित
