साहित्य चौतारी झापाको नेतृत्व चयन, अध्यक्षमा हस्त परियार

January 3, 2021 1:41 pm

बिर्तामोड । झापामा साहित्य संस्कृति एवम् कला क्षेत्रमा क्रियाशील साहित्य चौतारी बिर्तामोडको अध्यक्षमा हस्त परियार चयन भएका छन् । संस्थाको २२औं साधारणसभाबाट परियारको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।

समितिको उपाध्यक्षत्रय कृष्ण सुवेदी निराकार (साहित्य), दीपक रायमाझी (संगीत), विमला चिमरिया (कला) चयन भएका छन् भने सचिवमा खगिन्द्रा खुशी, सहसचिव देवीचरण भण्डारी र कोषाध्यक्षमा भवानीप्रसाद गौतम रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कमला नेम्वाङ, सुनिता तामाङ, युवराज पोर्तेल, जीवन धिताल, टिका भट्टराई नेपाल, तुलसीप्रसाद भट्टराई, रिता उप्रेती संग्रौला, केपी घिमिरे र चित्रा पौडेल कोइराला रहेका छन् ।

साहित्य चौतारीका संस्थापक अध्यक्ष शिवशंकर थापा संयोजक र कृष्णप्रसाद पौडेल, अनिरुद्र ओली, राजेन्द्रप्रसाद संग्रौला र भवानी क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत निर्वाचन गरेको हो ।

चौतारीका अध्यक्ष टंक काफ्ले विकल्पको अध्यक्षता संस्थापक संरक्षक देवीभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संगीततर्फको उपाध्यक्ष कृष्ण योञ्जनले स्वागत गरेका थिए ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा विकल्पले अध्यक्षको प्रतिवेदन, गौतमले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको गतिविधि र भावी कार्ययोजना बारे संस्थापक संरक्षक श्रेष्ठले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सचिव दिलीप घिमिरेले गरेका थिए ।

          January 3, 2021 1:41 pm | समाज,साहित्य

प्रतिकृयाहरू :

समाचारहरु: