
भावपूर्ण श्रद्धाञ्जीसहित शुद्धिशान्ति कार्यमा उपस्थितिका लागि अनुरोध

हाम्रा श्रद्धेय श्रीमान तथा पिता तिलकप्रसाद श्रेष्ठको मिति २०७७ साल मंसिर १३ गते उपचारकै क्रममा असामयिक निधन भएकोले उहाँको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । यस दुखद घडीमा हामीलाई साथ, सहयोग गर्नुहुने महानुभाव तथा सान्त्वना एवम् समवेदना अर्पण गर्न आउनु भएका सबै आफन्तजन, इष्टमित्र एवम् मलामीजनमा हामी हार्दिक कृतज्ञतासहित आभार प्रकट गर्दछौं ।
यही मिति २०७७ मंसिर २५ गते बिहीबार स्वर्गीय तिलकप्रसाद श्रेष्ठको १३औं दिनको पुण्यतिथि परेकाले शुद्धिशान्ति कार्यमा उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिनु हुन सम्पूर्ण आफन्तजन, इष्टमित्र एवम् मलामीजनमा हामी हार्दिक अनुरोध गर्दछौं ।
प्रार्थी
श्रीमती मुना श्रेष्ठ
छोरा निशान श्रेष्ठ
छोरी निलम श्रेष्ठ
एवम् समस्त श्रेष्ठ परिवार
बिर्तामोड नगरपालिका वडा नं. ३, सैनिकमोड, दरबार टोल

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा.राजभण्डारीले लगाउने

गायक हेमन नेपालीको पहिलो कभर गीत सार्वजनिक

‘माउण्ट केटू म पनि जान पाएको भए…’

बुधबारे जेसीजद्वारा रक्तदान, ४२ प्रिन्ट रगत संकलन

जब बालबच्चाले घरको खानेकुरा खाँदैनन्

कांग्रेसले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम

‘नभनेको कुरा लेखेर अपमान गरियो’ : वामदेवको सचिवालय
