
राप्रपाको प्रर्दशनमा टुकानको साथ

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले शनिबार अयोजना गर्ने मोटरसाइकल र्यालीमा पार्टी सम्बद्ध ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)ले ऐक्यबद्धता जनाएको छ । हिन्दू राज्य एवम् संवैधानिक राजसंस्था स्थापनाको मागसहित राप्रपा झापाले भोलि शनिबार मोटरसाइकल र्यालीको आयोजना गरेको छ ।
टुकोन झापाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै राजसंस्था र हिन्दूराज्य पुनःस्थापना एवम् भ्रष्ट्राचार अन्त्यका लागि दबाब दिन आयोजना गर्ने मोटरसाइकल र्यालीमा सहभागी हुन मजदुर, श्रमिक तथा आम झापाबासीमा आह्वान गरेको छ । यस्तै टुकोनले कोरोना महामारीका कारण समस्यामा परेका श्रमिकहरुलाई उचित राहत उपलब्ध गराउन पनि माग गरेको छ ।
टुकोनका झापा अध्यक्ष श्रीप्रसाद चौधरी र सचिव राजमान तामाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, कोभिड १९ का कारण समस्यामा परेका विपन्न श्रमिकहरुको तथ्यांक लिई आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गर्दछौँ । विज्ञप्तीमा सबै श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण एवम् औषधी उपचारको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरिएको छ ।
भ्रष्टाचार अन्त्य, संघीयताको खारेजी, हिन्दू राज्य र राजसंस्था पुनःबहालीको मागसहित देशभर भइरहेका प्रर्दशन माथि सरकारले हस्तक्षेप गरेको भन्दै टुकोनले संविधानको दायराभित्र रहेर गरिने त्यस्ता प्रर्दशनमाथि बन्देज नगर्न सरकारलाई चेतावनी दिएको छ ।
December 4, 2020 6:53 pm | राजनीति,राष्ट्रिय समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

मित्रता : जीवनमा सफलता र खुसीका लागि

नेकपा स्थायी कमिटी बैठक बस्दै

विश्वमा कोरोनाका कारण २१ लाख २७ हजार बढीको मृत्यु, थप ०।४ प्रतिशतको अवस्था चिन्ताजनक

झापामा आज तीन कृतिको एकसाथ विमोचन

एक सातामा ४९ संक्रमित थपिए

स्काउट क्रयू स्थापना दिवसमा शैक्षिक सामाग्री वितरण

वीरता जेसीजको ४० औं पद हस्तान्तरणमा सञ्चारकर्मीसहित ६ जना सम्मानित
