२९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

December 4, 2020 6:31 pm

काठमाडौं । कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

          December 4, 2020 6:31 pm | राजनीति,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: