कमलमा २९ औं अन्तरास्ट्रिय अपांगता दिवस मनाइयो

December 4, 2020 5:03 pm

कमल । “कोभीड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिस्चितता, अपांगता भएका ब्यक्तिहरुको पहुँच र दिगो बिकासको लागि हामी सबैको प्रतिबद्धता ”भन्ने नाराका साथ २९ औ अन्तरास्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रमगरी मनाईएको छ ।

कमलमा एक कार्यक्रमको आयोजना गरी शारीरिक अपांगता भएर पनि व्यवसायीक बनेका कमल ६ निवासी ठगबहादुर नेपाली र कमल ७ का नरबहादुर नेपालीलाई सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा जनचेतना मुलक प्रचार प्रसार गर्दै, माक्स तथा साबुन बितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतमले जानकारी दिइन् ।

          December 4, 2020 5:03 pm | विविधा

प्रतिकृयाहरू :

समाचारहरु: