
शिवसताक्षीमा थप दुई कोरोना संक्रमितको मृत्यु

शिवसताक्षी । शिवसताक्षीमा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेकी ३६ वर्षीय महिलाको मंगलबार दिउँसो १ः १५ बजे मृत्यु भएको हो ।
मेची अञ्चल अस्पतालमा सोमबार पीसीआर गरेकी महिलाको साँझ रिपोर्ट पोजेटिभ आएको थियो ।
मेची अञ्चल अस्पतालमा उपचार सुरु गरेकी महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि विराटनगर तर्फ लैजादै गर्दा बाटो मै मृत्यु भएको शिवसताक्षी नगरको स्वास्थ शाखाका हेल्थ असिस्टड संजय ठकुरीले बताए ।
त्यस्तै शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का ८७ वर्षीय वृद्धको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको नोबेल मेडिकल कलेजमा सोमबार राती मृत्यु भएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास प्रशासमा समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगर लगिएको थियो ।
उनको सोमबार दिउँसो पीसीआर गरिएको थियो भने राती मृत्यु भएको हो । मंगलबार कोरोनाको रिर्पोट पोजेटिभ आएको शिवसताक्षी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठले जानकारी दिए ।योसँगै शिवसताक्षी नगरमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।
December 1, 2020 4:27 pm | मुख्य समाचार,विविधा,समाज,स्थानीय तह,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता नदिने ओली र प्रचण्डलाई पठायो विभाजन हुन नसक्ने पत्र

Mexico’s president says he’s tested positive for COVID-19

सलमानकी नयाँ प्रेमिका प्रज्ञा

शिवसताक्षीको झिलझिलेमा युङ्गी क्याफे सञ्चालनमा

बुधबारदेखि प्रदेश १ मा पनि कोरोनाविरूद्ध खोप लगाइने

काठमाडौँ–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर

सुन तोलाको २ सय रूपैयाँले सस्तियो
