
सबैभन्दा ठूलो महासागरबारे केही रोचक तथ्य

काठमाडौं । पृथ्वीको कूल भागमध्ये ७१ प्रतिशत हिस्सा पानीले ओगटेको छ । पानीको भागमध्ये अधिकांस हिस्साचाहिँ पाँचवटा महासागरले ओगटेको छ । ती महासागरमध्ये सबैभन्दा ठूलो प्रशान्त महासागर हो ।
प्रशान्त महासागर पृथ्वीको सबैभन्दा ठूलो तथा गहिरो महासागर हो । प्रशान्त महासागरले एसिया र उत्तर अमेरिका महादेशलाई छुट्टाएको छ ।
प्रशान्त महासागरको क्षेत्रफल १६ करोड ५७ लाख वर्ग किलोमिटर रहेको छ । स्पेनिस अनुसन्धानकर्ता फर्डिनान्ड मेगलनले प्रशान्त महासागरको नाम एबअषष्अ राखेका हुन् । जसको अर्थ शान्त तथा सौम्य भन्ने हुन्छ । सबैभन्दा ठूलो यस महासागर बारेका कतिपय रोचक तथ्यहरु यस्ता छन् :
- प्रशान्त महासागरको औसत गहिराइ ४ हजार ३०० मिटर अर्थात् करिब १४ हजार फिट रहेको छ ।
- प्रशान्त महासागर फिलिपिन्स तटदेखि पनामा तटसम्म ९ हजार ४५५ माइल चौडा तथा बेरिङ जलडमरुदेखि दक्षिणमा अन्टार्कटिकासम्म १० हजार ४९२ माइल लामो छ । उत्तरी भागमा बेरिङ जलडमरुबाट प्रशान्त महासागर आर्कटिक महासागरसँग जोडिएको छ ।
- प्रशान्त महासागरमा साना/ठूला गरी २० हजार टापु रहेका छन् ।
- पृथ्वीमा रहेको कूल पानी अर्थात् जलमण्डलको करीब ४६ प्रतिशत पानी प्रशान्त महासागरमा रहेको छ ।
- प्रशान्त महासागरमा पृथ्वीकै सबैभन्दा गहिरो भाग पनि रहेको छ । उक्त सबैभन्दा गहिरो भागको नाम मारियाना ट्रेन्च हो । फिलिपिन्स नजिकैको महासागरीय क्षेत्रमा पर्ने मारियाना ट्रेन्चको अधिकतम गहिराइ ११ हजार ३४ मिटर रहेको छ ।
- पृथ्वीको धरातल फैलिने र खुम्चिने क्रममा प्रशान्त महासागर बर्सेनि १ इन्चका दरले खुम्चिँदै गएको छ ।
- प्रशान्त महासागर त्रिभुज आकारको रहेको छ ।
–एजेन्सीको सहयोगमा
November 27, 2020 5:16 pm | टिप्स/जानकारी,रोचक कुरा / टिप्स

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

विश्वमा कोरोनाका कारण २१ लाख २७ हजार बढीको मृत्यु, थप ०।४ प्रतिशतको अवस्था चिन्ताजनक

झापामा आज तीन कृतिको एकसाथ विमोचन

एक सातामा ४९ संक्रमित थपिए

स्काउट क्रयू स्थापना दिवसमा शैक्षिक सामाग्री वितरण

वीरता जेसीजको ४० औं पद हस्तान्तरणमा सञ्चारकर्मीसहित ६ जना सम्मानित

सबै कार्यकर्तालाई चुनावमा लाग्न मन्त्री ढकालको निर्देशन

लागुऔषध दुव्र्यसनी विरुद्ध बुधबारे जेसीजद्वारा बजार परिक्रमा
