सताक्षी प्रेस क्लबमा नयाँ कार्यसमिति चयन, पत्रकार राई सम्मानित

November 21, 2020 4:58 pm

शिवसताक्षी । ग्रामिण क्षेत्रमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका शिवसताक्षीका एक पत्रकार सम्मानित भएका छन् ।

शनिबार शिवसताक्षीको दूधेमा सताक्षी प्रेस क्लबको दोस्रो अधिवेशनको अवसरमा शिवसताक्षी ३ निवासी पत्रकार अनिलदेव राई सम्मानित भएका हुन् । उनलाई शिवसताक्षीका नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा, पत्रकार महासंघ झापा उपाध्यक्ष एकराज गिरी लगायतले सम्मान गरेका थिए । प्रेस क्लबमा स्थापना गरिएको मनहाङ्ग स्मृति पत्रकारिता पुरस्कारबाट राईलाई नगद सहित सम्मान गरिएको थियो । पत्रकार राई सताक्षी प्रेस क्लबका संस्थापक हुन् ।

त्यसैगरी, सताक्षी प्रेस क्लबमा नयाँ कार्यसमिति चयन भएको छ । क्लबको दोस्रो अधिवेशनबाट सेलिङ्ग केसीको अध्यक्षता नयाँ कार्य समिति चयन भएको हो । जसको उपाध्यक्षमा दिलिप घिमिरे, सरोज भट्टराई, सचिवमा शान्तिराम बस्नेत, कोषाध्यक्षमा आकृति तिम्सिना, सहसचिवमा गोविन ल्वागुन सर्वसम्मत चयन भएका छन् । त्यस्तै गरी सदस्यहरुमा तेजेन्द्र घिमिरे, भगीहाङ नेम्बाङ, पवन चाम्लिङ राई, सोनिका राई, सूर्य कुइकेल, जीवनसिंह राजवंशी रहेका छन् । एकजना समितिको बैठकले चयन गरिने बताइएको छ ।

त्यस्तै सल्लाहकार संयोजकमा छबिलाल दवाडी र सदस्यहरुमा पदमप्रसाद दाहाल, डामकुमार कुँवर, चन्द्रप्रसाद खनाल र उदयप्रकाश राई रहने समितिले चयन गरेको हो ।

शनिबार सम्पन्न अधिवेशनमा प्रमुख अतिथिका रुपमा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ, झापाका उपाध्यक्ष एकराज गिरी, नेकपा शिवसताक्षी अध्यक्ष महेन्द्र भट्टराई, नेपाल रेडक्रस सोसाइटी, उपशाखा शिवसताक्षीका सचिव गोविन्द काफ्ले, सतासी मिडिया प्रालिका अध्यक्ष योगेन लावती, सम्मानित सञ्चारकर्मी अनिलदेव राई, सतासीधाम जेसीज वर्ष २०२० की कोषाध्यक्ष जेसी निर्मला प्रधान लगायतले बोलेका थिए ।

कार्यक्रमको वन्दसत्रमा आव ०७६÷७७ को आयव्यय अन्तर्गत आयतर्फ ७५ हजार ६ सय २७ रुपैंया र सोही बराबरकै व्यय खर्च सार्वजनिक गरिएको थियो ।

प्रेस क्लबका अध्यक्ष छबिलाल दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरुलाई शब्दद्वारा स्वागत उपाध्यक्ष सेलिङ केसीले गरेका थिए, भने कार्यक्रम सञ्चालन दिलिप घिमिरेको रहेको थियो ।

          November 21, 2020 4:58 pm | राष्ट्रिय समाचार,समाज

प्रतिकृयाहरू :

समाचारहरु: