रुपन्देहीमा ४१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

October 20, 2020 9:35 am

बुटवल । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं. ११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा मंगलबार बिहान सवा ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे ।

ती महिला मधुमेहको दीर्घरोगी थिइन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

          October 20, 2020 9:35 am | राष्ट्रिय समाचार,समाज

प्रतिकृयाहरू :

समाचारहरु: