जयपुरमा खुल्यो पारिजात डिपार्टमेन्ट स्टोर

October 17, 2020 10:31 am

बुद्धशान्ति । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर बुद्धशान्ति गाउँपालिकालाई समेत कार्यक्षेत्र बनाएको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले आजदेखि जयपुरमा सहकारी पसल सञ्चालनमा ल्याएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नं. २ जयपुर चोकमा स्थापित पारिजात डिपार्टमेन्ट स्टोरको वडाध्यक्ष दिलिप श्रेष्ठले समुद्घाटन गरिदिएका हुन् । पसलको मुख्यद्वारमा टाँगिएको रिवन प्रमुख अतिथि श्रेष्ठ र संस्थाका अध्यक्ष कृष्ण पौडेलले संयुक्तरुपमा काटेर उद्घाटन गरिएको हो ।

सहकारी पसल उद्घाटन पछि मन्तब्य राख्दै वडाध्यक्ष श्रेष्ठले कोभिड १९ को कारण आर्थिक मन्दीले जनजीवन नै अक्रान्त पारेको विषम परिस्थितिमा धौलागिरी पारिजात सहकारीले सुपथ मूल्यको पसल सञ्चालन गरी स्थानीय बासिन्दालाई राहत पुर्याएको बताए । मेरो वडामा सहकारीले पसल सञ्चालन गरी हामीलाई सेवामात्र पुर्याएको छैन, यहाँका थप स्थानीयले रोजगारीको अवसर पनि पाएकाले आफूलाई गौरव लागेको वडाध्यक्ष श्रेष्ठको भनाई छ ।

सहकारी एक्लैले यस्तो पसल चलाउन सक्दैन, स्थानीय बासिन्दाको साथ र सहयोग चाहिन्छ भन्दै उद्घाटन कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले राज्यले ल्याएको सहकारीको एकीकरणको नीति कार्यान्वयन गर्न आवश्यकतासमेत दर्शाए । एउटै व्यक्ति धेरैवटा सहकारीमा सदस्य बनेर कर्जा लिई संस्थालाई बिगारेको र आफू पनि आर्थिक रुपमा बिग्रिएकाले आजदेखि लागू भएको ‘एक सदस्य एक प्रकृतिको सहकारी’ पूर्ण कार्यान्वयन गर्न सुझाव दिए ।

संस्थाका सचिव किशोर भट्टराईले सञ्चालन गरेको सहकारी पसल उद्घाटन समारोहमा अध्यक्ष पौडेलले जयपुरमा नै पहिलो डिपार्टमेन्टल स्टोर किन खोलियो भन्ने विषयमा प्रष्ट पारेका थिए । आफूहरुले यहाँ डिपार्टमेन्टल स्टोर सञ्चालन गरेर जयपुरको विकासमा कोशेढुंगा स्थापित गरिदिएको दावी गर्दै अध्यक्ष पौडेलले स्थानीय बासिन्दालाई सुपथ मूल्यमा गुणस्तरीय वस्तुहरु उपलब्ध गराउने संस्थाको ध्येय रहेको प्रष्ट पारेका छन् ।

संस्थाका उपाध्यक्ष डिल्ली ओलीले आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई शब्दद्वारा स्वागत गर्दै सहकारी पसलको आवश्यकता, औचित्य एवम् महत्वबारे आफ्ना धारणा राखेका थिए ।

          October 17, 2020 10:31 am | अर्थतन्त्र,मुख्य समाचार,लोकप्रिय,सहकारी,स्थानीय तह
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...