निजी विद्यालयका शिक्षक कर्मचारीलाई तत्काल दुई महिनाको तलव दिने सहमति

October 16, 2020 8:58 pm

झापा । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा र संस्थागत विद्यालय सञ्चालकहरूको साझा संस्था प्याब्सन झापाबीच शिक्षक कर्मचारीलाई तत्काल २ महिनाको तलव भुक्तानी गर्ने सहमति भएको छ ।

६ महिनायता तलवविहीन रहेका शिक्षक कर्मचारीहरूको सम्पूर्ण माग पूरा गर्न नसके पनि प्याब्सन झापाले असोज महिनाको शतप्रतिशत तलब तथा सोही बराबरको चाडपर्व खर्च भुक्तानी गर्ने सहमति गरेको हो ।

सहमति पत्रमा प्याब्सनका तर्फबाट जिल्ला अध्यक्ष एल.पी उप्रेती र सचिव जनार्दन ढकालले हस्ताक्षर गरेका छन् । इस्टुका तर्फबाट जिल्ला अध्यक्ष होमराज खतिवडा, सचिव रेवतीरमण खनालले हस्ताक्षर गरेका छन् भने रोहवरमा इस्टुका केन्द्रीय समितिका सदस्य एन. पी लामिछाने, प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारी र सचिव दिपक भट्टराईले हस्ताक्षर गरेका छन् ।

शिक्षक कर्मचारीको २०७७ वैशाखदेखि भदौसम्मको तलव विवाद तत्कालका लागि समाधान नभए पनि दशैंपछि वार्ताको माध्यमबाट हल गर्ने गरी तामेलीमा राखिएको छ ।

          October 16, 2020 8:58 pm | अर्थतन्त्र,मुख्य समाचार,शिक्षा,समाज
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...