संजिवनी साकोसको जरुरी सूचना

October 2, 2020 8:30 pm

संजिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको १३औ वार्षिक साधारणसभा सम्बन्धी अत्यन्त जरुरी सूचना

यस सहकारी संस्थाको १३औ वार्षिक साधारणसभा आगामी २०७७ साल कात्तिक १ गतेका लागि तय गरिएको जानकारी गराउँदछु । कोरोना भाइरस संक्रमणको त्रासका कारण यो वर्ष विगतमा जस्तो भव्य कार्यक्रमका बीच साधारणसभा गरिनेछैन । त्यसैले साधारणसभामा वितरण गर्न तयार गरिएको वार्षिक प्रतिवेदन हाम्रा बजार प्रतिनिधि र कार्यालयबाट कर्मचारीसमेत खटिएर तपाईं सबै शेयर सदस्यज्यूहरुको घरदैलोमा पठाइएको छ । कारणवस कोही कसैले प्रतिवेदन प्राप्त गर्नु भएको छैन भने मिति २०७७ असोज २० गतेभित्र संस्थाको कार्यालयमा उपस्थित भई प्रतिवेदन बुझिलिनु हुन पनि सादर अनुरोध छ । सदस्यज्यूहरुले प्रतिवेदनमाथि गहन अध्ययन गरी मिति २०७७ असोज २७ गतेभित्रमा लिखितरुपमा असन्तुष्टि, राय तथा रचनात्मक सल्लाह र सुझाव संस्थाको कार्यालयमा बुझाउनु हुन अनुरोध गरिन्छ ।

कोरोना भाइरस संक्रमणबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔं ।

मिति २०७७ असोज १४ गते                                                                                     अध्यक्षः यामकुमार चुडाल

          October 2, 2020 8:30 pm | विज्ञापन
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...