
श्रीराम श्रेष्ठका तीन कृति एकसाथ विमोचित

काठमाडौं । साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नाङ्गो सपना आज एकसाथ विमोचन गरिएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमबीच शिक्षा सचिव एवं साहित्यकार गोपिनाथ मैनाली, वरिष्ठ साहित्यकार पुष्कर लोहनी, साहित्यकार लव गाउँले र बाल्मिकी क्याम्पसका उपप्राध्यापक टेकनाथ दाहालले संयुक्त रुपमा कृतिको अनावरण गरिदिएका हुन् ।
जापानी साहित्यमा प्रचलित शैलीहरु डोडोइट्सु डोबमा, बुसोकुसेकिका नाङ्गो सपनामा र सेडोका लकडाउन नामक कृतिमा प्रस्तुत गरिएको छ । विमोचित कृतिका विषयमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोपिनाथ मैनालीले कृतिहरु नेपाली साहित्यमा जापानी शैलीको नौलो प्रस्तुति रहेको बताए ।
समालोचक टेकनाथ दाहालले कृतिमा समसामयिक चेतना तथा लेखकीय अनुभूतिको राम्रो प्रस्तुति रहेको टिप्पणी गरे । यस्तै वरिष्ठ साहित्यकार पुष्कर लोहनीले जापानी शैलीका कविताका सैद्धान्तिक पक्षका बारेमा चर्चा गरे ।
कृतिकार श्रीराम श्रेष्ठले कृतिका रचनागर्भका बारेमा आफ्ना भनाई राखेका थिए भनेसाहित्यकार लव गाउँलेले विमोचन कार्यक्रम सञ्चालन गरेका थिए ।
October 2, 2020 7:35 pm | साहित्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

लागुऔषधसहित मोरङबाट ५ जना पक्राउ

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता नदिने ओली र प्रचण्डलाई पठायो विभाजन हुन नसक्ने पत्र

Mexico’s president says he’s tested positive for COVID-19

सलमानकी नयाँ प्रेमिका प्रज्ञा

शिवसताक्षीको झिलझिलेमा युङ्गी क्याफे सञ्चालनमा

बुधबारदेखि प्रदेश १ मा पनि कोरोनाविरूद्ध खोप लगाइने

काठमाडौँ–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर
