‘एकदिन’ समय–कथा विमोचित

September 23, 2020 4:26 pm

बिर्तामोड। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘एकदिन’ समय–कथा जीवन, यात्रा र भोगाइको आज विमोचन गरिदिएका छन् ।

झापाको बिर्तामोडमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच मन्त्री भूषालले सो पुस्तक विमोचन गरिदिएका हुन् । पुस्तक विमोचन गर्दै मन्त्री भूषालले हरेक लेखकले समयको भाषा बोल्ने बताउँदै आजको पिँढीले लेखेको कुराले समयको भाषालाई भोलिको पिंढीलाई बताउँछ भने ।

लेखन कार्य एउटा बौद्धिक र समयको भाषा बोल्ने कुरा भएकाले मन्त्री भूषालले लेखक सिग्दलेलाई धन्यवादसमेत दिएका छन् । पत्रकार सिग्देलद्वारा लिखित पुस्तक एक दिन १५२ पृष्ठको छ भने विभिन्न १४ वटा लेखमार्फत जीवन, यात्रा र भोगाईहरुलाई लेखकले पुस्तकमार्फत् प्रस्तुत गरेका छन् ।

कार्यक्रममा प्रदेश १ का कृषि मन्त्री रामबहादुर राना, नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरे, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेल, बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुव शिवाकोटी, नेकपा झापा कार्यालय सचिव शिव ढुंगेल, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, उपाध्यक्ष महेन्द्र गिरी लगायतको उपस्थिति रहेको थियो ।

लेखक सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालले गरेका थिए ।

          September 23, 2020 4:26 pm | साहित्य

प्रतिकृयाहरू :

समाचारहरु: