२०८० फागुन २०, आइतवार , ०७:४९:४२ बजे

Sajhamanch
'

यसरी गरिँदैछ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण

मङ्गलवार, फागुन २०, २०७६

त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा।डा। प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् ।

टोलीमा डा। पवनराज चालिसे, डा. उत्तम शर्मा, डा. दिव्यसिंह शाह र डा. सुवास आचार्य रहनेछन् । यस्तै, नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

प्रत्यारोपण पछि ५÷६ दिनमा आवश्यकता हेरेर डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्गाले बताए ।

डा। खड्गाका अनुसार तीनदेखि चार घण्टामा प्रत्यारोपण सकिनेछ । अन्य कुनै समस्या आएका तयारी अवस्थामा मुटु रोग विशेषज्ञ प्रा.डा. अरुण सायमी, प्रा।डा। भगवान कोइराला, कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी, न्युरोलोजिस्ट प्रा।डा। जगदीशप्र्रसाद अग्रवाल तयारी अवस्थामा रहने बताइएको छ । राजधानी दैनिकबाट ।

मङ्गलवार, फागुन २०, २०७६ | राष्ट्रिय समाचार

सम्बन्धित खबर