२०८० असोज ५, शुक्रवार , ०८:०९:१८ बजे

Sajhamanch
'

बाहुनडाँगी महोत्सवमा मेलिना र वेभ ब्याण्डसँगै झुमे मेचीनगरवासी

सोमवार, फागुन १९, २०७६

बाहुनडाँगी । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव सञ्चालन भई रहेको छ ।

सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी बाहुण्डाँगीबजारमा बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव आयोजना भएको हो ।

महोत्सवको पहिलो दोस्रो दिन ख्यातीप्राप्त राष्ट्रिय कलाकार मेलिना राईले आफ्नो सुपरहिट आधा दर्जन बढी गीत गाएर बाहुण्डाँगीवासीलाई कम्मर मर्काइ मकाई नचाएकी थिइन् ।

त्यसै गरी पूर्वको चर्चित ब्याण्ड वेभ ब्याण्ड र स्थानिय कलाकारहरुले पनि महोत्सवमा भरपुर मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवको दोस्रो दिन मेचीनगर संगै भारतको नक्सलबाडीलगायतका क्षेत्रबाट पनि मानिसहरुको उत्साह जनक उपस्थिति रहेको महोत्सव संयोजक प्रविण भण्डारीले बताए ।

महोत्सवको तेस्रो दिन आज ख्यातीप्राप्त राष्ट्रिय कलाकार सुगम पोखरेलको साथमा प्रीतम आचार्य र स्थानिय कलाकारहरुको प्रस्तुती रहने बाहुनडाँगी जेसीज सन् २०२० का बरिष्ट उपाध्यक्ष देबु बानियाले जानकारी दिए ।

महोत्सवमा ग्रामिण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजलगायत विभिन्न जातिय परिकार, संस्कृति तथा पर्यटन, व्यवसायिक, जनचेतनामूलक ४० वटा स्टल रहेका छन् ।

महोत्सव फागुन १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

सम्बन्धित खबर