२०८० फागुन २२, मङ्गलवार , ०८:४१:५१ बजे

Sajhamanch
'

‘भुइँ मान्छे’ लोकार्पित

आइतवार, फागुन १८, २०७६

कनकाई । साहित्यकार प्रयागराज काफ्लेको कविता संग्रह ‘भुईं मान्छे’को शनिबार लोकार्पण गरिएको छ । कनकाई प्रतिभा प्रतिष्ठान सुरुङ्गाको मासिक साहित्यिक गोष्ठीमाझ स्रष्टा काफ्ले नयाँ कृति सार्वजनिक गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष कोमलप्रसाद पोखरेलको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ प्रा डा हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा काव्यकृतिको विमोचन गरिएको हो ।

‘भुईं मान्छे’ कविता संग्रहको प्रा डा पौडेल, कनकाई ३ का वडाध्यक्ष रूद्र चिमरिया, प्रतिष्ठानका अध्यक्ष पोखरेलसहित साहित्यकारहरु पुण्यप्रसाद खरेल, हरिनारायण भट्टराई, केशव आचार्य लगायतले गरेका हुन् ।

लोकार्पित कृतिको समीक्षा सूर्यप्रसाद अधिकारी र जीवनाथ सुवेदीले गरेका थिए । सो कार्यक्रममा साहित्यकारहरु देवीचरण भण्डारी, केशव आचार्य, टीका भट्टराई नेपाल, योञ्जन सुनुवार, मिना अधिकारी, भूवन आदिम आदिले कविता तथा गीत सुनाएका थिए ।

कार्यक्रमको संचालन जीवनाथ सुवेदीले र स्वागत प्रेम प्रभातले गरेका थिए ।

सम्बन्धित खबर