२०८० असोज १२, शुक्रवार , ०१:४०:३५ बजे

Sajhamanch
'

मिलको फित्तामा बेरिएर महिलाको ज्यान गयो

बिहिवार, फागुन १५, २०७६

पर्सा । पर्सामा सेलर मिलको फित्तामा बेरिएर आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धोविनी गाउँपालिका वडा नं.३ हरिहरपुर बस्ने करिब ४२ वर्षीया ललितादेवी ठाकुर रहेकी छन् ।

आफ्नै घरमा सञ्चालित मिलमा धान कुटाउने क्रममा बिहान करिब १०:१५ बजेको समयमा आफैले लगाएको सारी अचानक मिलको फित्तामा बेरिन पुग्दा उनको घट्नास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

अनलाइनखबर