२०८० असोज ९, मङ्गलवार , ११:५८:५६ बजे

Sajhamanch
'

अनिश्चितकालको लागि स्ववियू चुनाव स्थगित

मङ्गलवार, फागुन ६, २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ ।

सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार सबै विद्यार्थी संगठन एकमत हुन नसकेकाले स्ववियू चुनाव स्थगित भएको जनाएको छ ।

त्रिविले यसअघि क्याम्पसहरुमा हाल रहेको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल पूरा भएकाले नयाँ स्ववियू चुनाव फागुन १४ गते गर्ने निर्णय गरेको थियो ।

मङ्गलवार, फागुन ६, २०७६ | राष्ट्रिय समाचार

सम्बन्धित खबर