२०८० फागुन ११, शुक्रवार , ०८:४१:५२ बजे

Sajhamanch
'

टिन्स क्लबमा आबद्ध बिद्यार्थीहरुद्धारा नमस्ते बालग्रामका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

आइतवार, फागुन ४, २०७६

विर्तामोड । विर्तामोड  ४ लिटल फ्ल्वार्स  अंगे्रजी विद्यालयका सागरमाथा टिन्स क्लबमा आबद्ध विद्यार्थीहरुले तारा नमस्ते बालग्रामका बालबालिकालाई फलफूल र शैक्षिक सामाग्री वितरण गरेका छन् । क्लबमा आबद्ध विद्यार्थीहरुले बालग्रामका असायह बालबालिकाहरुलाई फलफूल , मिठाई ,चकलेक, विस्कुट कपडा लगायत शैक्षिक सामाग्री कपी ,पेन,पेन्सिल वितरण गरेका हुन् । सामाजिक भावनाले उक्त सामाग्रीहरु वितरण गरेको क्लबकी सचिव युना ढकालले बताइन ।वितरण गरिएको सामाग्री खरिदका लागि टिन्स क्लबका सदस्यहरुबाट र अन्य साना कक्षामा अध्ययनरत विद्यार्थी भाई बहिनीहरुबाट स्वेच्छाले आर्थिक संकलन गरिएको क्लबका सदस्य राचल क्षेष्ठले जानकारी दिइन ।

सामाजिक कृयाकलाप र सचेतना मूलक कार्यक्रमहरु संचालन गर्ने उदेश्यले गठन गरिएको क्लबमा विद्यालयका कक्षा ९ र १०का विद्यार्थीहरु आबद्ध रहेका छन् ।
शिक्षक नाराद न्यौपाने , क्लबका अध्यक्ष रासुग गौतम , उपाध्यक्ष आश्र्रय राज शर्मा , सचिव युना ढकाल , सदस्यहरु राचल श्रेष्ठ , शृष्टि खरेल , शिक्षा प्रसाई युक्ता राजवंशी ,र निर्भिक ओली सहितको टोलीे सामाग्री वितरणका लागि बालग्राम पुग्नु भएको थियो । टिन्स् क्लबका विद्यार्थीहरुहरुले असाहय बालबालिकालाई सहयोग गर्नका लागि सबैलाई आग्रह समेत गरेका छन् ।

सम्बन्धित खबर