२०८० फागुन १८, शुक्रवार , ०३:३१:४२ बजे

Sajhamanch
'

बच्चाहरुले मन्टेश्वरीमा पढाईसँगै असल आचरण सिक्ने

आइतवार, माघ २६, २०७६

बुधबारे । नयाँ विधि र प्रविधिको बिकास सँगै शिक्षण सिकाईमा पनि आमूल परिवर्तन आएको छ । शिक्षण सिकाईमा तल्लोतहदेखि नै नयाँ शैली अपनाउने हो भने सब्य समाजको विकास गर्न समय लाग्दैन ।

यसैक्रममा पछिल्लो समयमा बालबालिकाको शिक्षामा मन्टेश्वरी बिधिलाई प्रयोगमा ल्याइएको छ । साधारणतया ५ बर्षबाट बालवालिकालाई स्कुल भर्ना गरेको पाईन्छ । तर मन्टेश्वरी बिधि आए सँगै १८ महिनादेखि नै बालवालिकालाई स्कुलमा भर्ना गरी मन्टेश्वरी बिधिबाट पढाउन थालिएको छ ।

सब्य समाजको परिकल्पना गर्ने हो भने बाल्यकालबाटै असल आचरण र बानीब्यहोरा सिकाउनु पर्ने मेचीनगरको धुलावारीमा आयोजित एक तालिमका सहभागिहरुले बताएका छन् । नानीहरुले बाल्यकालमा जस्तो शिक्षा दियो त्यस्तै सिक्छन् । उनीहरुको भविष्य उज्वल बनाउन, असल ब्यवहार र सीप मन्टेश्वरी विद्यालयबाटै सिक्ने सहभागिहरुको जोड छ ।

नेपाल मन्टेश्वरी एसोसियसन विर्तामोड झापाको आयोजना तथा दिल्ली पब्लिकेशन स्कूल फूलवारी भारतको प्राविधिक सहयोगमा सञ्चालित एक दिने तालिममा मन्टेश्वरी विद्यालयमा १८ महिनादेखि ७ बर्षसम्मका नानीहरुले असल आचरण सिक्ने थलोको रुपमा परिचित गराए ।

बच्चाहरुलाई खेलाउँदै, हसाउँदै, रमाउदैं सिकाईने मन्टेश्वरी विद्यालय झापामा ६८ वटा छन् । नेपाल मन्टेश्वरी एसोसियसन झापाका संस्थापक अध्यक्ष भीमबहादुर श्रेष्ठले बच्चाको सिकाई क्षमता अनुसार उनीहरुको बौद्धिक विकास गरिने मन्टेश्वरी भएको बताए । ५ बर्ष्भित्र बच्चाहरुले ९५ प्रतिशत बौद्धिक ज्ञान हासिल गरिसकेका हुन्छन् । बाँकी ५ प्रतिशत ज्ञान बढाउन उनीहरु जीवनभर संघर्ष गरिरहने श्रेष्ठको भनाई छ ।

वालवालिकालाई होसियारी पूर्वक, खेलाउँदैं, हसाउँदै, देखाउँदै पढाइने हुदाँ उनीहरुलाई शिक्षण अप्ठ्यारो र गाह्रो विषय भएको सहभागीहरुको भनाई छ । नानीहरुले चकचक गरे, रोए, पढ्न नमाने उनीहरुलाई नियन्त्रण गर्ने अभ्यास मन्टेश्वरी तालिम लिएकाले मात्र गर्न सक्छन् उनले भने ।

दिल्ली पब्लिकेशन स्कुलका निर्मली आचार्जीले नेपाल र भारतको विद्यालयको पढाई एउटै किसिमको छ । तर प्रक्रिया फरक छ । उनले भने,–‘नानीहरुलाई सिकाउने प्रक्रियाको वारे तालिम दिएका छौ । हामीले दिएको ज्ञानलाई आफ्नो स्कुलमा लागु गर्नुहोस् सफल बन्नुहुन्छ ।’ आयोजक समितिका जिल्ला सदस्य मात्रिका ओडारीले नेपाल र भारतको सिकाई प्रक्रिया आदान–प्रदानबाट सिकाई उपब्धिमुलक हुने बताए ।

मन्टेश्वरी सञ्चालकहरुले जिल्लामा करिव ७ हजार जनालाई रोजगार दिएका छन् । तर राज्यले कक्षा स्तरोन्नतिमा स्विकृत दिन कन्जुस्याए गरेको प्रति उनीहरुको आपत्ति छ । मन्टेश्वरी विद्यालयमा तलव लगायतका बारेमा केही समस्या रहेपनि त्यसलाई मिलाएर लैजाने संस्थापक अध्यक्ष श्रेष्ठले जनाए ।

‘बच्चाहरुको हेरविचार तथा शिक्षण सम्वन्धि तालिम’मा जिल्लाका ४० जना मन्टेश्वरी सञ्चालक र शिक्षिकाहरुको सहभागिता रहेको तालिम संयोजक सुरेश भट्टराईले जानकारी दिए । तालिमको सहजीकरण दिल्ली पब्लिकेशन स्कुलका शिक्षिका सारिका सुब्बाले गरेकी थिईन् । मन्टेश्वरी तालिम लिन महंगो रहेकाले तालिम उपलब्धिमुलक रहेको सहभागिले प्रतिक्रिया दिए । सहजकर्ता सुब्बालाई सोही कार्यक्रममा मायाको चिनो समेत प्रदान गरिएको थियो ।

सम्बन्धित खबर