२०८० फागुन ११, शुक्रवार , ०९:३१:४१ बजे

Sajhamanch
'

प्याव्सन स्पोर्टमिट २०७६ सुरु

शुक्रवार, माघ २४, २०७६

कमल ।  किताबी ज्ञानका साथैै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप मार्फत क्षमता विकास गर्ने उद्देश्यले निजि तथा आवाशिय विद्यालय अर्गानाइजेसन नेपाल (प्याव्सन)ले शुक्रबारबाट क्षेत्रीयस्तरमा विभिन्न विधाका खेलकुद सुरु गरेको छ ।

विद्यार्थीहरुमा भएको क्षमतालाई प्रस्फुटन गराउन हरेक वर्ष कार्यक्रम गर्ने गरेको प्याव्सन कमलका अध्यक्ष वदिराम राईले बताए ।
पढेर कोही डाक्टर त कोही ईन्जिनियर बन्छन् भने खेलाडी बनेर गाउँ र राष्ट्रको नाम राख्न सकिने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन । उनले खेलको माध्यमबाट अनुशासनका साथै मानसिक र शारीरिक रुपमा समेत स्वस्थ्य हुने भएकोले यस्ता प्रतियोगिताले विद्यार्थीलाई थप हौसला मिल्ने जानकारी दिइन् ।

प्याव्सनको वार्षिक कार्यक्रम अनुसार पुस, माघ र फागुन तीन महिनालाई प्याव्सन स्पोर्ट मिट भनिन्छ । यि महिनामा हरेक वर्ष खेलकुद प्रतियोगिता सञ्चालन गरिदै आएको छ । जो विद्यार्थी पढ्न भन्दा खेलकुदमा रुचि राख्छन् त्यस्ता विद्यार्थीका लागी यो अवसर हुनेगरेको प्याव्सन झापाका वरिष्ठ उपाध्यक्ष गौरीमान फागो बताए ।

प्रतियोगिता कमल गाउँपालिकामा माघ २६ गते सम्पन्न हुनेछ भने जिल्ला स्तरीय प्रतियोगितामा आगामी फागुन ६ गते सम्पन्न हुने बताइएको छ । प्रतियोगितामा फुटवल, भलिवल, क्रिकेट र एथलेटिक्स खेल समावेश गरिएको प्याव्सन कमलका सचिव जिवन सापकोटाले जानकारी दिए ।

सम्बन्धित खबर