२०८० फागुन २२, मङ्गलवार , ०६:३८:५१ बजे

Sajhamanch
'

सिभिल बैंकद्वारा शिवसताक्षीकी प्रसाईंलाई उपचार खर्च प्रदान

सोमवार, माघ २०, २०७६

शिवसताक्षी । शिवसताक्षी वडा नं. १० की शुसीला प्रसाइलाई स्वास्थ्य विमा अन्तर्गतको रकम सिभिल बैंकले हस्तान्तरण गरेको छ ।

प्रसाईं कार्यरत श्री बालज्योति आधारभूत विद्यालयमा गएर सिभिल बैंक दूधे शाखाले ३६ हजार ६ सय ४६ रुपैया रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

गएको आषाढ महिनामा प्रसाईंले सिभिल बैंक दूधे शाखामा सिभिल सम्मान बचत खाता खोलेकी थिइन् । प्रसाईं विरामी भएर नोवेल अस्पताल विराटनगरमा पथरीको अप्रेशन गरे पश्चात बैंकले उनलाई उपचार खर्च प्रदान गरेको हो ।

रकम प्राप्त गरेपछि खुसी हुँदै शिक्षिका प्रसाईले आफुले कल्पना पनि नगरेको सेवा प्राप्त गरेको बताइन् । विद्यालयका सबै साथीहरुले खाता खोल्दा मैले पनि खोलेकी थिए उनले भनिन् तर यस्तो सेवामा पाउनेमा भने विश्वास थिएन । रकम प्राप्त गरेपछि सबैलाई सिभिल सम्मान खाता खोल्न उनले आग्रह गरेकी छिन् ।

बैंकले वित्तीय कारोबार मात्र नगरी समाज सेवामा पनि अग्रसर भएको सिभिल बैंक दूधेका शाखा प्रवन्धक विकास कोइरालाले बताए । बैंकमा सिभिल सम्मान खाता विभिन्न सहकारी, अन्य वित्तीय संघ संस्था र विद्यालयका कर्मचारीहरुलाई खोल्न आग्रह गर्दै उनले विरामी भएर हुन आउने स्वास्थ्य सेवा खर्च वर्षमा १ लाख सम्म बैंकले उपलब्ध गराउने जानकारी दिए ।

सिभिल सम्मान खाता खोल्ने ग्राहकलाई बैंकले १ लाखसम्मको स्वास्थ्य विमा र दुर्घटना विमा बापतको ७ लाखसम्म रकम उपलब्ध गराउने जनाएको छ ।

सम्बन्धित खबर