२०८० फागुन २२, मङ्गलवार , ०४:३१:३४ बजे

Sajhamanch
'

जीपको ठक्करबाट घाइते बालकको मृत्यु

सोमवार, माघ २०, २०७६

दैलेख । सडकमा खेल्दै गरेको बेला जीपले ठक्कर दिँदा घाइते भएका बालकको ज्यान गएको छ ।

भैरवी गाउँपालिका वडा नं. २ रावतकोटका झक्कड थापाका ४ वर्षीय छोरा प्रकाश थापाको आइतबार राति ज्यान गएको हो ।

लु १ च ६२९२ नम्बरको जीपले बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरिबहादुर ओलीले जानकारी दिए ।

जीपको ठक्करले घाइते भएका बालकलाई उपचारका लागि दैलेख अस्पताल लगिएको थियो । उपचारका क्रममा बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

उज्यालो

सम्बन्धित खबर