२०८० फागुन २२, मङ्गलवार , ०१:३०:२७ बजे

Sajhamanch
'

जिप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

शुक्रवार, माघ १७, २०७६

सिन्धुली । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं.५ खनियाखर्कमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.६ का अन्दाजी ३३ वर्षीय सूर्यनारायण चौधरी रहेका छन् ।

पूर्वबाट काठमाडौंतर्फ गइरहेको स १ च १००९ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिपका चालक सोही ठाउँ बस्ने ३० वर्षीय महमद अफरोज गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

सम्बन्धित खबर