२०८० फागुन २०, आइतवार , ०६:३६:३६ बजे

Sajhamanch
'

बार्सिलोनासँग लेगानेस स्तब्ध

शुक्रवार, माघ १७, २०७६

एजेन्सी । बार्सिलोना ‘कोपा डेल रे’ को क्वार्टर–फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा लेगानेसलाई पाँच–शून्यको फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले क्वार्टर–फाइनलको यात्रा पक्का गरेको हो ।

घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । उनले खेलको ५९औँ र ८९औँ मिनेटमा गोल गरे ।साथै एन्टोनी ग्रिजम्यानले खेल सुरु भएको ४औँ मिनेटमा गोल गर्दा क्लिमेन्ट लेन्ग्लेटले २७औँ मिनेट र अर्थुर मेलोले खेलको ७७औँ मिनेटमा गोल गरे ।

जितसँगै बार्सिलोना अन्तिम ८ मा प्रवेश गरेको छ, जहाँ रियल मड्रिड, भ्यालेन्सिया, भिल्ला रियल, ग्रानाडा, रियल सोसिडाड र सेभिल्ला पुगिसकेका छन् ।

बार्सिलोनाले लेगानेसविरुद्धको खेलमा जित निकाल्दै लयमा फर्किएको सङ्केत दिएको छ । नयाँ प्रशिक्षक क्विकेको साथमा घरेलु मैदानमा जित निकाल्न सफल भए पनि बार्सिलोनालाई खेल जित्न भने हम्मे–हम्मे पर्दै आएको छ ।

उज्यालो

शुक्रवार, माघ १७, २०७६ | खेलकुद

सम्बन्धित खबर