२०८१ वैशाख ४, मङ्गलवार , ०४:३०:४९ बजे

Sajhamanch
'

एआईले पत्रकारितामा चुनौतीसँगै अवसरको सिर्जना

सोमवार, चैत १९, २०८०

कमल । मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआई (आर्टीफिसियल इन्टिलिजेन्स)ले चुनौती थप्दै गएको आज आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नेपाल पत्रकार महासंघ झापाको आयोजनामा कमल गाउँपालिकामा सुरु भएको ‘मोवाइल तथा मल्टिमिडिया पत्रकारिता’ सम्वन्धी दुई दिने तालिममा एआईको प्रयोगले चुनौतीसँगै केही अवसरसमेत सिर्जना गरेको बताइएको हो ।

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्कका प्रधान सम्पादक रजनिश भण्डारी र प्राविधिक प्रमुख उज्वल ज्योति शाक्यको सहजीकरणमा सुरु भएको तालिमका बक्ताहरुले सो कुरा बताएका हुन् ।

पछिल्लो समय पत्रकारितामा आएको प्रविधि र एप्लिकेशनले पत्रकारिता र पत्रकारको तथ्याङक चोरी हुने जोखिमसँगै कार्यशैली समेत परिवर्तन हुँदा चुनौती थपिँदै गएको प्रमुख प्रशिक्षक भण्डारीले बताए ।

गौरादह नगरपालिकाको सहकार्यमा आयोजित तालिम उद्घाटन समारोहका प्रमुख अतिथि गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले पत्रकार र पत्रकारिताको विकासमा स्थानीय सरकार सँधै तत्पर रहेको बताए ।

उनले पत्रकारले सरकारलाई सत्य तथ्यमा रहेर खबरदारी नगरे जनप्रतिनिधिलाई समेत सुधार गर्ने कार्यमा असहयोग हुने बताए । उनले स्थानीय सरकारका राम्रा कामले पनि तथ्यसहित मिडियामा उचित स्थान पाउनु गर्नेमा जोड दिए ।

यस्तै कार्याक्रममा नगर उपप्रमुख जलवर्षा राजवंशीले स्थानीय जनप्रतिनिधिको चुनौती र समस्याप्रति पनि पत्रकारले मार्ग प्रशस्त हुने गरी आवाज उठाउनु पर्ने बताइन् । समाज विकासका लागि निर्वाचित भएका जनप्रतिनिधिलाई सचेत गर्ने तथा राम्रा अभ्यासबारे समेत आवाज उठाउनु पर्ने उनको सुझाव छ ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिम उद्घाटनमा कार्याक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछाने, प्रेस चौतारी नेपालका लेखा आयोग सदस्य विष्णुप्रसाद पोखरेल, प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष कमन देवान, प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराई, फोनिज झापाकी अध्यक्ष भूमिका फियाक लगायतले मन्तव्य राखेका थिए ।

शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्याक्रममा मोवाइल र डिजिटल पत्रकारिता बारे प्रशिक्षण सञ्चालन भइरहेको छ । जिल्लाका ५० बढी पत्रकारको सहभागिता रहेको तालिम २० गते अभ्यास गर्दै समापन हुने शाखाका सचिव तथा कार्यक्रम संचालक डिकेश लामाले जानकारी दिए ।

सम्बन्धित खबर