बुधबारे खानेपानी संस्थाको साधारणसभामा पूर्वजलाई सम्मान

2 weeks अगाडी

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित बुधबारे साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२औं साधारणसभा आज शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष लयप्रसाद भण्डारीको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा साधारणसभा आयोजना गरिएको थियो । साधारणसभामा अध्यक्ष भण्डारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा संयोजक घनश्याम सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

१२औं साधारणसभाको अवसरमा आधा दर्जनभन्दा बढीलाई सम्मान पनि गरिएको छ । सम्मानित हुनेहरुमा कार्यसमितिका पूर्व सदस्य गोविन्द पौड्याल, नेत्रादेवी बजगाईं, लेखा समितिका पूर्वसंयोजक गिरीराज दाहाल, परिषद् सदस्यहरु विष्णुप्रसाद बाँस्तोला, पुण्यप्रसाद पौड्याल, उत्कृष्ट लघुवित्त धारा प्रयोगकर्ता भेषराज अधिकारी, असल ग्राहक इलाका प्रहरी कार्यालय बुधबारे र उत्कृष्ट कर्मचारीमा व्यवस्थापक पुष्पराज न्यौपाने रहेका छन् ।

संस्थाका उपाध्यक्ष टीकादेवी अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मिरा भुर्तेल, वडाध्यक्षहरु दिलीप श्रेष्ठ, बुद्धिमान लिम्बू, प्रमुख प्रशासकीय अधिकृत छविलाल खतिवडा, संस्थाका पूर्व अध्यक्ष ज्ञाननाथ पौड्यालले मन्तव्य राखेका थिए । साधारणसभाको सञ्चालन कार्यसमिति सदस्य दुर्गा कुईंकेलले गरेका थिए ।

          January 12, 2019 7:17 pm | समाचार,समाज
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...