पथरीशनिश्चरे नगरपालिकामा गीत, संगीत र नाट्य समिति

2 weeks अगाडी

पथरी । मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिका अन्तर्गत गठित ‘भाषा, कला र साहित्य प्रवद्र्धन समिति’ मातहत गीत संगीत र नाट्य विभाग गठन भएको छ ।

नगरका सर्जकहरुको बिहीबारको भेलाले गीत, संगीत विभागको सदस्यहरुमा रविन कन्दङ्वा, विक्रम राई, नेत्रप्रसाद दवाडी, सुवास राई (सन्तोष), नन्दु गुरुङ, राम विक, विकेस साउदेन, विजुला विश्वकर्मा, सम्झना राई, सुशिला खालिङ र प्रेमप्रसाद भट्टराईलाई चुनेको हो ।

सो विभागको संयोजकमा देव गुरुङ र सदस्य सचिवमा अर्जुन सेन्चुरीलाई यसअघि नै प्रवद्र्धन समितिले चयन गरेको थियो ।

नाट्य विभागमा वद्री आचार्य, जेएन तिम्सिना, भिष्म न्यौपाने, कमला घिमिरे नेपाल, कमलराज भुजेल, जीवन बराल, मेनुका कुलुङ, लक्षणा राई, लक्ष्मीप्रसाद खनाल र अनिता गौतम सदस्य चुनिएका छन् ।

एकजना सदस्य चयन गर्न बाँकी रहेको छ । हरेन्द्र खत्री संयोजक र सरोज तिम्सिना सदस्य सचिव यसअघि नै चयन भइसकेका थिए ।

गीत संगीतले लोक नृत्य प्रतियोगिता र नाट्य विभागले नाटक कार्यशालासहितका चारै विभागका अन्य सामुहिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

छलफल कार्यक्रम समितिका अध्यक्ष वीरध्वज शिवा, सदस्य प्रदीप आचार्य, नगरपालिका सूचना संयोजक एवम सर्जक भूपेन्द्र तिम्सिनाको आतिथ्यमा सम्पन्न भएको हो ।

नगरपालिकाले आफ्नो नगरभित्रको सिर्जना क्षेत्रको प्रवद्र्धनका लागि यो वर्ष ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

          January 12, 2019 9:53 am | समाचार,साहित्य
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...