खुदुनाबारीमा पनि सिम्रिक

2 weeks अगाडी

अर्जुनधारा । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले अर्जुनधारा ३ खुदुनाबारीमा आफ्नो नयाँ सेवाकेन्द्र बिस्तार गरेको छ ।

पुष २७ गते शुक्रबार एक कार्यक्रम गरी संस्थाको १४औं शाखाको उद्घाटन गरिएको हो । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले कार्यालय प्रवेशद्वारा टाँगिएको रिबन काटेर यसको उद्घाटन गरिदिएका हुन् ।

कार्यालय उद्घाटन पछि आफ्नो मन्तब्यमा नगरप्रमुख रानाले सहकारीले गरेका गतिबिधि र कार्यक्रमहरु जनमैत्री रहेकाले नगरपालिका सहकारी संस्थाहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।

सो कार्यक्रममा वडानम्बर ३ का अध्यक्ष जीवन भण्डारीले संस्थाको काम प्रभावकारी बन्नेमा आफू विश्वस्त रहेको अपेक्षा सुनाए ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुबास भट्टराइले गरेका हुन् ।

          January 12, 2019 9:38 am | टप,सहकारी
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...