रामकृष्ण ढकाल र मेनुका पौडेलले दिए युगल आवाज

2 weeks अगाडी

नेपाल आइडल सिजन–१ मा गायक रामकृष्ण ढकालले आइडलकी प्रतिस्पर्धी झापाको गरामनीकी मेनुका पौडेलसँग युगल गीत गाउने वाचा गरेका थिए ।

सेलिब्रिटी गेष्टका रुपमा पुगेका ढकालले गरेको उक्त वाचा अन्ततः पूरा गरेका छन् । मेनुकासँग ‘वेदको अक्षर’ बोलको गीतमा ढकालले स्वर भरेका छन् ।

बिबि थापाको शब्द रहेको उक्त गीतमा दीपक सिलवालले संगीत गरेका छन् । गीतको लिरिकल भिडियो समेत तयार भएको छ ।

दृष्टिविहीन भएर पनि गायन क्षेत्रमा अद्भूत क्षमता बनाएकी मेनुका पौडेल नेपाल आइडलको सिजन १ मा टप ११ सम्म पुगेकी थिइन् । यस्तै भारतको सिङगिङ रियालिटी शो ‘सारेगमप’मा पनि पनि हालै उनले उत्कृष्ट ११ सम्मको यात्रा तय गरेकी थिइन् ।

हेरौं–सुनौं गीतको लिरिकल भिडियो पनि ………

          January 10, 2019 3:05 pm | कला/मनोरंजन
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...