गरामनीमा डोलेश्वरको घर शिलान्यास

2 weeks अगाडी

बिर्तामोड । झापा बिर्तामोड ९ का डोलेश्वर राजवंशीको घर निर्माणको लागि आज शिलान्यास गरिएको छ ।

डोलेश्वर राजवंशी अपाङ्ग छन् भने उनकी आमाको पनि मानसिक सन्तुलन ठिक छैन । स्थानीय किरण राजवंशीले जग्गा प्रदान गरेपछि समाज परिवर्तका लागि जागरुक युवाको सकृयतामा घर निर्माण सुरु गरिएको हो ।

आज एक विशेष कार्यक्रमको आयोजना गरी बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाइको बाहुलीबाट डोलेश्वरको शिलान्यास गरिएको हो । निर्माण समितिले आजबाट एक महिनाभित्र डोलेश्वरको लागि निर्माण सुरु गरिएको घर बनाइसक्ने जनाएको छ ।

डोलेश्वसरको घर शिलान्यास पछि बिर्तामोड नगरका उपप्रमुख प्रसाइले युवाको अभियानलार्इ नगरपालिकाको तर्फबाट पनि यथेष्ट सहयोग गर्ने बताइन् ।

घरको शिलान्यास गर्न पुगेका बिर्तामोड वडानम्बर २ का सदस्य किशोर पौडेलले आफ्नो पहलमा घरमा आवश्यक ढोका र एक ट्र्याक्टर र्इंटा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

घरको निर्माणका बारेमा मोहन सुब्बा, हरि चौलागाईं लगायतले आ–आफ्ना विचार व्यक्त गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रममाथिको प्रकाश सरोज पौडेलले गरेका थिए ।

तेजप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदिप संग्रौलाले गरेका थिए ।

सो घरमा दुईवटा कोठा, झ्याल, भान्सा कोठा, ट्युबवेल तथा शौचालयको व्यवस्था गरिनेछ । सो घर ३ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको समितिले जनाएको छ ।

          January 9, 2019 9:12 pm | टप,समाचार,समाज
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...