मेची उद्योग वाणिज्य संघ निर्वाचनः राप्रपा प्रजातान्त्रिकको समर्थन नेकपा नेतृत्वको प्यानललाई

2 weeks अगाडी

मेचीनगर । यही पुष २८ गते शनिबार हुने मेची उद्योग वाणिज्य संघ मेचीनगरको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले नेकपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपालको गठबन्धन संयुक्त व्यवसायी प्यानललाई सघाउने भएको छ ।

सो चुनावलाई राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक जिल्ला कार्यसमिति झापा र मेचीनगर नगर समितिले नियालिरहेको विज्ञप्ती मार्फत अवगत गराइएको छ ।

पार्टीका जिल्ला सचिव निरबहादुर कार्की र मेचीनगर सचिव खगेन्द्र लामिछानेले जारी गरेको प्रेस विज्ञप्तीमा नेकपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपालको गठबन्धन संयुक्त व्यवसायी प्यानलका अध्यक्ष पदका उम्मेद्वार ऋषिराज तिम्सिनाको टिमलाई समर्थन गर्दै चुनावमा सहभागी हुने निर्णय पार्टीले गरेको उल्लेख छ ।

नगरका उद्योगी व्यवसायीहरुलाई सोही प्यानलका उम्मेदवारहरुलाई मतदान गर्नसमेत राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक जिल्ला कार्य समिति झापा र मेचीनगर नगर समितिले विज्ञप्तीमार्फत् आव्हान गरेको छ ।

सो पार्टीमा आस्था राख्ने धेरै उद्योगी व्यावसयी यसै नगरमा रहेका र संघको मतदातासमेत रहेको अवस्थामा पनि पार्टीले कुनै दलसँग गठबन्धन गरेर चुनावी मैदानमा नहोमिएको जनाइएको छ ।

तर आफ्नो मतको प्रयोग गर्नुपर्छ भन्ने निष्कर्ष पार्टीको रहेकाले पार्टीले कुनै व्यक्तिगत स्वार्थ नराखी र विनाशर्त आगामी दिनमा यस नगरका उद्योगी व्यवासायीहरुको हक हित अधिकारकालागि अहोरात्र सक्रिय हुने र नगरभित्रका विभिन्न पर्यटकीय स्थलको विकास प्रवद्र्धन गरेर नगरलाई पर्यटकीय नगरकारुपमा विकास गर्ने, हरेक व्यवसायीका समस्या समाधानमा लाग्न पछि नहट्ने विश्वाससहित संयुक्त व्यवसायी प्यानललाई मतदान गर्ने निर्णयमा पुगेको हो ।

          January 9, 2019 3:14 pm | अर्थ,टप,समाचार
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...