मनकामनाका छात्राहरुमध्ये कक्षा १२ व्यवस्थापन संकाय टप

2 weeks अगाडी

बिर्तामोड । यहाँस्थित मनकामना कलेजमा एक सातादेखि सञ्चालित छात्र तथा छात्राहरुको कक्षागत छुट्टाछुट्टै भलिबल प्रतियोगिता अन्तरगत आज छात्रातर्फको फाइनल खेल गराइएको छ ।

कक्षा ११ र १२ मानविकी, व्यवस्थापन, शिक्षा संकाय एवम् स्नातक तहका तीनवटै संकायका छात्राहरुको अलग अलग टिमबीच सम्पन्न प्रतियोगितामा कक्षा १२ ले उपाधि उचालेको छ ।

आजको फाइनल खेल कक्षा ११ को मानविकी संकाय र कक्षा १२ को व्यवस्थापन संकायका छात्राहरु बीच भएको हो । जसमा कक्षा १२ व्यवस्थापन संकायका खेलाडीहरुले २५–१३ र २५–११ को सोझो सेटमा कक्षा ११ को मानविकी संकायका खेलाडीलाई पराजित गरेको स्कोरर नारायण भट्टराईले जानकारी दिए ।

छात्रतर्फको फाइनल खेल बुधबार बिहान हुनेछ भने फाइनलमा पुगेका प्रतिष्पर्धी टिमहरुलाई पुरस्कार पनि भोलि नै वितरण गरिने सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईले जानकारी दिएका छन् । उपाधि उचाल्ने छात्रको टिमलाई ६ हजार रुपैयाँ र छात्राको टिमलाई ५ हजार रुपैयाँ पुरस्कार रहेको जनाइएको छ ।

          January 8, 2019 4:48 pm | खेलकुद
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...